wel come to dakshinanepal.blogspot.com. !

Monday, September 13, 2010

अब एक कदम अगाडी सोचौ .......


परिचित व्यक्ति हरुको भेटघाट बाट हामीले कयौ नया कुरा सिक्ने र बुझ्ने अवसर पाइने कुराहरु यथावत हुदा हुदै पनि आज हामी एक्लै एक्लै हिड्ने गरेर सितैमा पाउने सयौ कुराहरु गुमाई रहेका छौ अब हामी एक पृथक धारबाट सोचौ र आफुलाई एक कदम अगाडी बढाऊ साथै आपसी भेटघाट बाट पाइने सहयोग बाट आफु र अरुलाई अलग धार मा उभ्याउन सफल बनौ ..

कसरि :

१. आर्थिक,सामाजिक,संस्कृतिक,एबं शैक्षीक,क्षेत्र बाट पछाडी परेका अनाथ,अपाङ्ग,असहाय,बिस्थापित र अस्वस्थ हरुलाई अध्यन अनुसन्धान तथा रोजगार को बेबस्था गराई आत्मनिर्भर बनाउन कोसिस गरौ
२. स्थानिय आमा समूह, युवा क्लब,सहकारी संस्था तथा अन्य समुदायीक समूह तथा जि.स्वा.का.को समन्वयमा स्वास्थ्य सम्बन्धि विभिन्न पत्रिका हरु प्रकासित गरि स्वास्थ्य सम्बन्धित विभिन्न सिबिर हरु संचालन गर्न कोसिस गरौ
३. नेपालमा कार्यरत शान्ति शिक्षा सम्बन्धि सबै सरकारी तथा गैरसरकारी संघ संस्था बिध्यालय,जनसंख्या तथा बाताबरण,स्थानिय विकास मन्त्रालय हरु संग सहकार्य गरि नया कार्यक्रम संचालन गर्न कोसिस गरौ
४.युवा हरुलाई ग्रामिण विकास मा सक्रिय गराई समग्र राष्ट्र को विकास मा जोड दिदै स्थानिय सूचना संकलन गरि सामुदायीक स्वास्थ्य सम्बन्धि काम गर्न कोसिस गरौ
५. राष्ट्रट्रीय वा जनचासो को रुपमा रहेको वा रहन सक्ने स्वदेश वा विदेश मा भएका वा भैसकेका वा हुन सक्ने कुनै पनि घटनाक्रम र समसामयिक बिषयबस्तु का बारेमा सम्बन्धित पक्ष,बिज्ञ वा अन्य व्यक्ति ब्यक्तित्वो हरुलाई उपस्थित गराई एकल वा सामुहिक रुपमा अन्तरक्रिया वा छलफल गर्न गाराउन र समस्या समाधान को लागि सहयोग हुने बाताबरण को सिर्जना गरि हौसला बढाउन उपहार को बेबस्था गर्न गराउन कोसिस गरौ
६. माथि उन्लेखित बुधाहरुलाई भरसक अन्तरात्मा देखि महसुस गरौ र अथार्थ परक बनौ ....

धन्यवाद ........

0 comments:

Post a Comment